नेपाल ‘ए’ ले क्यानडासँग अन्तिम खेल खेल्दै
काठमाडाैं | फागुन १०, २०८०
काठमाडौं: नेपाल ‘ए’ ले क्यानडा–११ सँगको तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेल खेल्दै छ ।
खेल बिहान ९:३० बजे मुलपानी क्रिक्रेट मैदानमा हुँदैछ । यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा–११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १/१ को बराबरी गरेको छ ।
आजको खेल जित्ने टोलीले यो शृङ्खला २/१ ले जित्नेछ ।
नेपालले पहिलो खेल विनोद भण्डारीको कप्तानीमा खेलेको थियो भने दोस्रो खेल सन्दीप जोराको कप्तानीमा खेलेको थियो ।
नेपाली टोलीमा विनोद भण्डारी, सन्दीप जोरा, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जि।सी। रहेका छन् ।
यसमध्ये हेमन्त धामी, सुजन थपलिया र आशुतोष घिरैयाले प्लेइङ-११ मा अवसर पाएका छैनन् । अरु सबैले खेलिसकेका छन् । धामीले यसअघि क्यानडाँसँगको ओडीआई शृङ्खला भने खेलेका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

